२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा


सञ्चार डबली
  • बिहीबार , फागुन १७ २०८०
  • 10.9K
    SHARES

  • images
    बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा


    काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले बक्स अफिसमा निकै माया पाइरहेको छ ।यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले ६ दिनमा ३० करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

    सैकनिल्कको रिपोर्ट अनुसार ‘आर्टिकल ३७०’ ले छैटौं दिनमा पुग्दा ३.१० करोडको व्यापार गरेको छ। योसँगै घरेलु बक्स अफिसमा ‘आर्टिकल ३७०’ को कुल कलेक्सन ३२।५५ करोड पुगेको छ । योसँगै फिल्मले रिलिज भएको चार दिनमै बजेटको रकम उठाइसकेको थियो । 

     यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ ले कश्मीरबाट संबिधानको धारा ३७० हटाएको प्रसङगलाइ देखाएको छ । फिल्ममा यामी गौतमका साथै प्रिय मणी, अरुण गोविललगायतका कलाकारको अभिनय रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend