मंगलबार, फागुन १५, २०८०
काठमाडौं । गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतका चेतन सापकोटाले जानकारी दिए ।
संगीतकर्मीहरूले आचार्यको सम्मानमा आज उनको गीत गाउनेछन् । सामूहिक रूपमा उनको गीत गाउने तयारी भइरहेको सापकोटाले जानकारी दिए ।



