२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अजय देवगन, शाहरुख र सलमान भन्दा बढी कमाउँछन्


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 12.0K
    SHARES

  • images
    अजय देवगन, शाहरुख र सलमान भन्दा बढी कमाउँछन्

    काठमाडौं । सिनेमामा कुनै समय यस्तो थियो, जब फिल्मका कलाकारलाई केही हजार रुपैयाँ मात्रै फिल्मको पारिश्रमिक दिइन्थ्यो । त्यसपछि करिब तीस वर्षअघि सुपरस्टारले हरेक फिल्मका लागि करोडभन्दा बढी पारिश्रमिक लिन थालेका थिए । त्यसयता कलाकारको पारिश्रमिक ह्वात्तै बढेको छ र आजकल सुपरस्टारहरूलाई एउटा फिल्मका लागि १०० करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।

     तर के तपाईलाई थाहा छ आजको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता को हुन् ?जसले क्यामियो रोलका लागि प्रति मिनेट ४.५० करोड भारुमा सम्झौता गर्न सफल भएका छन् । शाहरुख खान, सलमान खानदेखि रणबीरसम्मको नाम तपाईको दिमागमा आउन सक्छ, तर सफलताको नयाँ कहानी रच्ने स्टार अरु कोही होइन, अजय देवगन हुन् ।

    कमाईको मामिलामा आमिर खान, शाहरुख खान, प्रभास, रजनीकान्त, सलमान खान र थालापथी विजय जस्ता नामहरू शीर्षमा छन्। यी सबै कलाकारको कमाई हरेक फिल्मबाट १०० करोडभन्दा बढी छ । कतिपयले आफ्ना ठूला हिट फिल्महरूबाट नाफा बाँडेर २०० करोडभन्दा बढी कमाएका छन्।

     तर पनि उनको प्रतिमिनेट कमाई २–३ करोड रुपैयाँ पुग्छ । अजय देवगनले ती सबैलाई २०२१ मा छोड्न सफल भए। एसएस राजामौलीको आरआरआरमा एउटा सानो भूमिकाका लागि उनलाई ३५ करोड रुपैयाँ दिइएको थियो। अजय फिल्ममा ८ मिनेट मात्र पर्दामा थिए, जसको मतलब फिल्मको लागि उनको प्रति मिनेट शुल्क ४.५ करोडभन्दा बढी थियो।

     अजय देवगन आरआरआरमा श्रिया सरनसँग एक फ्ल्यासब्याक दृश्यमा देखिएका थिए। यो ठूलो बजेटको फिल्मका लागि अजयले ठूलो रकम लिन सफल भए । अजय देवगनको पारिश्रमिक ३५ करोड रुपैयाँ छ । उनले फिल्ममा नायकको भूमिका निर्वाह गरेमा नाफाको ५० प्रतिशत हिस्सा पनि लिने गरेका छन् । यसको मतलब तानाजी र दृश्यम २ जस्ता फिल्मका लागि उनको पारिश्रमिक १०० करोड रहेको छ ।

    यो वर्ष अजय आफ्नो सुपरहिट फिल्म सिंघम, सिंघम अगेनको सिक्वेलमा सुपरकप बाजीराव सिंघमको भूमिकामा पर्दामा फर्कने भएका छन् । यो फिल्म रोहित शेट्टीको कप ब्रह्माण्डको एक हिस्सा हो र यसमा अजय बाहेक अक्षय कुमार, रणवीर सिंह, अर्जुन कपूर, दीपिका पादुकोण, करीना कपूर, टाइगर श्राफ र ज्याकी श्राफ जस्ता स्टारहरू काम गरिरहेका छन्। यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।यसअघि अजय मनोवैज्ञानिक थ्रिलर शैतानमा देखिनेछन्, जसमा उनीसँग ज्योतिका र आर माधवन काम गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend