२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 इंग्लिस प्रिमियर लिगः एभर्टन र क्रिष्टलले अंक बाँडे


सञ्चार डबली
  • मंगलबार, फागुन ८ २०८०
  • 8.1K
    SHARES

  • images
     इंग्लिस प्रिमियर लिगः एभर्टन र क्रिष्टलले अंक बाँडे


    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा  एभर्टन र क्रिष्टल प्यालेसले अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका हुन् ।एभर्टनको मैदानमा क्रिष्टलले सुरुआती अग्रता लिएको थियो । 

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रिष्टलले ६२ औं मिनेटमा अग्रता बनाएको हो । उसका जोर्डन आइयूले जिन माटेटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।तर, ८४ औं मिनेटमा ओमाडोउ ओनानाले डिवेट म्याकनेलको पासमा गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल ननिस्किएपछि एक एक अंकमा चित्त बुझाए ।

    बराबरीसँगै क्रिष्टल २५ खेलबाट २५ अंक बनाउँदै तालिकाको १५ औं स्थानमा छ भने एभर्टन समान खेलबाट २० अंक जोड्दै १७ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड आमने सामने हुने छन् । यो खेल नेपाली समय अनुसार राति सवा १ बजे सुरुहुने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend