२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अफ्रिकन कप अफ नेसन्सको उपाधि, आइभरी कोष्टलाई


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 8.6K
    SHARES

  • images
    अफ्रिकन कप अफ नेसन्सको उपाधि, आइभरी कोष्टलाई

    काठमाडौं, २९ माघ । आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो ।

    आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए । खेलको पहिलो हाफमा १-० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो ।

    आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सर भएर क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए । उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ ।

    यससँगै आइभरी कोष्ट तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । यस अघि आइभरी कोष्टले १९९२ र २०१५ मा  अफ्रिकन कप जितेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend