२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इंगलिस प्रिमियर लिग : शीर्ष स्थानको लिभरपुल आर्सनलसँग पराजित


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 8.5K
    SHARES

  • images
    इंगलिस प्रिमियर लिग :  शीर्ष स्थानको लिभरपुल आर्सनलसँग पराजित

    काठमाडौं । इंगलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोश्रो स्थानको आर्सनलसँग पराजित भएको छ । आर्सनलले आइतबार राति भएको खेलमा ३–१ गोलको शानदार जित निकालेको हो । जितसँगै लिग तालिकामा दोश्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दुरी दुई अंकमा झारेको छ । आर्सनलका लागि खेलको १४ औँ मिनेटमै बुकायो साकाले गोल गरेका थिए ।

    दोश्रो हाफमा आर्सनलले थप दुई गोल ग¥यो । पहिलो हाफको इन्जुरी समयमा ग्याबरियल मगलहायसले लिभरपुलका लागि बराबरी गोल गरे । दोश्रो हाफमा आर्सनलका लागि ग्याबरियल मार्टिनेल्ली र ट्रोसर्डले १–१ गोल गरे । ८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । २३ खेलपछि आर्सनलले ४९ अंक बटुलेको छ भने लिभरपुलले समान खेलमा ५१ अंक बटुलेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend