२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम : देशका पहाडी भूभागमा मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 8.3K
    SHARES

  • images
    आजको मौसम : देशका पहाडी भूभागमा मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना

    २१ माघ २०८०

    हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (आज बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। दिउँसोपख कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना छ भने बागमती प्रदेशसँगै देशका बाँकी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    त्यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। आज राति पनि देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था रहनेछ। 

    सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा राति पनि छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend