२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गायिका रचना रिमाल सवार स्कार्पियो ट्रकसँग ठोक्कियो, गायिका सकुशल


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 16.3K
    SHARES

  • images
    गायिका रचना रिमाल सवार स्कार्पियो ट्रकसँग ठोक्कियो, गायिका सकुशल

    १४ माघ २०८०
    दाङ । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। आइतबार अपरान्ह पौने ५ बजेको समयमा नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै विपरित दिशाबाट आइरहेको बा प्र ०३.०१ ख / २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको रिमालसंगै रहेका पत्रकार शिवु खनालले जानकारी दिए।

    दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ । गाडीमा रिमाल सहित तीन जना सवार थिए ।गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् । उक्त घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी छन् । उनले आइतबार बेलुका लमही महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो ।

    अब सोमबार उक्त महोत्सवमा प्रस्तुति दिने जानकारी उनले दिएकी छन् । उनले समयमै आफू उपस्थित हुन नसकेकोमा दर्शक र आयोजकप्रति क्षमा समेत मागेकी छन् । मेला महोत्सवको यो समयमा रचना सबैभन्दा बढी ब्यस्त गायिकामध्ये पर्छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend