२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 अभिनय सम्बन्धी चलचित्र विकास बोर्डले पाँच दिने कार्यशाला सञ्चालन गर्ने


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 14.1K
    SHARES

  • images
     अभिनय सम्बन्धी चलचित्र विकास बोर्डले पाँच दिने कार्यशाला सञ्चालन गर्ने
     

    काठमाडौं । नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।  बुधवार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ ।

    बोर्डको चालू आ.व. २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल (fdbworkshop2024@gmail.com) मार्फत आवेदन पेस गर्न सकिनेछ ।

     

    कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend