२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हलमा एनिमल हेर्न नभ्याउनेका लागि ओटिटीमा सुबिधा,


सञ्चार डबली
  • शनिबार, माघ ६ २०८०
  • 9.8K
    SHARES

  • images
    हलमा एनिमल हेर्न नभ्याउनेका लागि ओटिटीमा सुबिधा,

    काठमाडौं । तपाईले चाँडै नै बलिउडका दिग्गज अभिनेता रणवीर कपूरको सुपरहिट फिल्म एनिमल टिभी र मोबाइलमा हेर्न सक्नुहुन्छ। फिल्मका निर्देशक सन्दीप वांगा रेड्डीले फिल्म जनवरी २६ मा नेटफ्लिक्समा रिलिज हुने बताएका छन् । सन् २०२३ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । यस फिल्ममा अभिनेता बबी देओलले सानो तर जबरदस्त भूमिका निभाएका छन्, जसको मानिसहरुले निकै प्रशंसा गरेका छन् ।

    यसका साथसाथै अब थिएटरमा यो फिल्म मिस गरेकाहरूले अब यसलाई घरमै ओटिटी प्लेटफर्म नेट फ्लेक्समा हेर्न सक्षम हुनेछन्। यस फिल्ममा रणवीर कपूरको अभिनय र उनको लुकको निकै तारिफ भएको छ । फिल्ममा रणवीरले अहिलेसम्मकै अनौठो भूमिका निभाएका छन् । यसै क्रममा रश्मिका मन्डन्ना पहिलो पटक रणवीरसँग स्क्रिन सेयर गर्दै थिइन् ।
     
    चलचित्रको कथाको कुरा गर्दा यो चलचित्रमा बाबु छोराको कथा देखाइएको छ । फिल्ममा अनिल कपूर रणवीर कपूरका बुवाको भूमिकामा देखिएका छन् । जहाँ रश्मिका मन्डन्ना उनकी पत्नीको भूमिकामा छिन् ।

    यो फिल्म १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन बक्स अफिसमा ठूलो कमाई गरेको थियो । पहिलो दिन एनिमलले ६१ करोड रुपैयाँ संकलन गरेको छ । फिल्मको कुल कलेक्शनको कुरा गर्ने हो भने ३२ दिनमा विश्वभर ८९१ करोड कमाउन सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend