२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शाहरुख खानको फिल्म ‘डंकी’ ले कमायो ४५२ करोड बढी


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 11.2K
    SHARES

  • images
    शाहरुख खानको फिल्म ‘डंकी’ ले कमायो ४५२ करोड बढी


    काठमाडौं । शाहरुख खानको फिल्म ‘डंकी’ २१ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो। यो कमेडी ड्रामा फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो तर प्रभासको ‘सालार’ सँगको टकरावले फिल्मलाइ निकै असर गर्‍यो । शाहरुख खानको यो फिल्मले पठान र जवान झै अपेक्षा गरेजति कमाई गर्न सकेन । अहिले बक्स अफिसमा यो फिल्मको गति निकै घटेको छ ।

    आउनुहोस् जानौं ‘डंकी’ले रिलिजको २२ औं दिनमा कति व्यापार गरेको छ ?
    फिल्मको हप्ता अनुसार कमाईको कुरा गर्ने हो भने पहिलो साता‘डंकी’ को कलेक्सन १६०.२२ करोड थियो भने दोस्रो हप्तामा ‘डंकी’ले ४६.२५ करोड कमाएको थियो । फिल्मले तेस्रो हप्ताको तेस्रो सोमबार १.५ करोड, तेस्रो मंगलबार १.४ करोड र तेस्रो बुधबार १.२५ करोड कलेक्सन गरेको छ भने अब चौथो बिहीबार अर्थात् २२ औ दिन फिल्मको कमाईको प्रारम्भिक आँकडा यस्तो छ ।

    सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘डंकी’ले रिलिजको २२ औं दिनमा १.१५ करोडको व्यापार गरेको छ। यो सँगै ‘डंकी’ को २२ दिनमा कुल कमाई २२१.७७ करोड पुगेको छ ।

    ‘डंकी’ ले विश्वभर भने राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मले विश्वभर दैनिक करोडौंको कलेक्सन गरिरहेको छ । रेड चिलीज इन्टरटेनमेन्टले ‘डंकी’ को २१ दिनको विश्वव्यापी संग्रहको तथ्यांक साझा गरेको थियो । जस अनुसार डंकीले रिलिज भएको २१ दिनमा विश्वभर ४५२.८७ करोड भारु कलेक्सन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend