२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि


सञ्चार डबली
  • बिहीबार , पुस १९ २०८०
  • 8.1K
    SHARES

  • images
    पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

    काठमाडौँ, १९ पुस । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २(० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

    पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए । फ्रेन्च सुपर कप हरेक बर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेता बीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औं पटक जितेको छ ।

    २०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो । टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend