२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शाहरुख खानको डंकीले कटायो ४०० करोडको आँकडा


सञ्चार डबली
  • बुधबार, पुस १८ २०८०
  • 8.5K
    SHARES

  • images
    शाहरुख खानको डंकीले कटायो ४०० करोडको आँकडा

    १८ पुस २०८०, बुधबार

    मुम्बई– हालै रिलिज भएको शाहरुख खानको फिल्मले हलमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ ।शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनीत यो फिल्मले दोस्रो सप्ताहन्तमा पनि उत्कृष्ट कमाई गरिरहेको छ। रेड चिलीज इन्टरटेनमेन्टका अनुसार अहिलेसम्म डंकीले ४०० करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

    डंकीले १३औँ दिनमा पुग्दा विश्वव्यापी रुपमा ४००.४० करोड कमाएको छ । सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७ करोड कमाइ गरिसकेको छ ।

    उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको फिल्म डिंकीले अहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ ।

    शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको छ । गत वर्ष हलमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो ।शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend