२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शाहरुख खानको फिल्म ‘डंकी’ पाँच दिनमा कमायो २११ करोड


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.5K
    SHARES

  • images
    शाहरुख खानको फिल्म ‘डंकी’ पाँच दिनमा कमायो २११ करोड


    काठमाडौं । शाहरुख खानको फिल्म ‘डंकी’ सिनेमा घरमा धुम मचाइरहेको छ । यसै बर्ष रिलिज भएका शाहरूखको ‘जवान’ र ‘पठान’ जस्तै राजकुमार हिरानीको फिल्म ‘डंकी’ले पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

    राजकुमार हिरानीले निर्देशन गरेको डंकीलाइ दर्शकले निकै माया दिइरहेका छन । यही कारणले गर्दा ‘डङ्की’ लाई विश्वभर नै मन पराइरहेको छ । शाहरुख खानको फिल्मले बक्स अफिसमा सुस्त सुरुवात गरेपनि अन्ततः ‘डङ्की’लाई विश्वभर निकै मन पराउन थालिएको छ ।

    डंकीले विश्वभर २०० करोडभन्दा बढी कमाइसकेको छ । यो जानकारी शाहरुख खान र गौरी खानको कम्पनी रेड चिली इन्टरटेनमेन्टले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएको हो । रेड चिलीका अनुसार डङ्कीले विश्वभर हालसम्म २११.१३ करोड रुपैयाँ कमाइसकेको छ ।

    डंकीमा शाहरुख खानसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी र अनिल ग्रोवर जस्ता कलाकार मुख्य भूमिकामा छन् । डंकी गत २१ डिसेम्बरमा हलमा रिलिज भएको हो ।

    उल्लेखनीय छ कि डंकीले पहिलो दिन भारतमा २९.२ करोड र विश्वभर ५८ करोड कमाएको थियो । दोस्रो दिन यो संख्या भारतमा २०.१२ करोड पुगेको थियो भने डङ्कीले विश्वभर १०३ करोड कमाएको छ । तेस्रो दिन भारतमा यो संख्या २५.५ करोड पुगेको जनाईएको थियो ।

    फिल्मको बजेट १२० करोड रहेको बताइएको छ । शाहरुख खानले पहिलो पटक राजकुमार हिरानीसँग फिल्ममा काम गरेका हुन् । राजकुमार हिरानीले मुन्ना भाई एनबीबीएस, ३ इडियट्स, पीके र सञ्जु जस्ता ब्लकबस्टर फिल्म बनाइसकेका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend