२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम : काठमाडौं उपत्यकाको तापक्रम यो वर्ष अहिलेसम्मकै कम


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 10.0K
    SHARES

  • images
    आजको मौसम : काठमाडौं उपत्यकाको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

    बिहीबार, पुस ५, २०८०
    काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । “यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।

    काठमाडौंमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ । ९ बजेसम्म काठमाडौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने उनको भनाइ छ ।उनका अनुसार आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपात नहुने भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend