२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

आज रातीदेखि जमुनाह नाका ७२ घन्टासम्म बन्द रहने


सञ्चार डबली
  • मंगलबार, वैशाख १९ २०८०
  • 8.6K
    SHARES

  • images
    आज रातीदेखि जमुनाह नाका ७२ घन्टासम्म बन्द रहने


    काठमाडौं, १९ वैशाख । आज रातिदेखि नेपाल–भारत सीमास्थित जमुनाह नाका बन्द हुँने भएको छ । भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज राती ७२ घन्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो । आगमी २१ बैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुँदैछ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आज राती १२ बजे देखी २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुँनेछ । सोमबार निर्वाचनको सुरक्षा प्रयोजनका लागि ७२ घन्टाका लागि सिमा नाका बन्द गर्ने बिषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो ।

    खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार सो समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend