२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

दशैँ-तिहार लक्षित ‘होण्डाको सफर’ अफर


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 440
    SHARES

  • images
    दशैँ-तिहार लक्षित ‘होण्डाको सफर’ अफर

    काठमाडौं । बडा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘फेस्टिभ अफर होण्डाको सफर’ (FESTIVE OFFER HONDA को सफर) नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

    ग्राहकहरूको चाडपर्वलाई अझ हर्षोल्लासमय बनाउने उद्देश्यका साथ ल्याइएको यस योजनाअन्तर्गत होण्डाको नयाँ कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

    नगद छुटका साथै ग्राहकको सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षकै पूर्ण बीमा (फुल इन्स्योरेन्स) निःशुल्क उपलब्ध गराइनेछ। गाडी खरिदपछिको सेवालाई भरपर्दो र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ तथा १ वर्षका लागि निःशुल्क सडक सहायता (रोडसाइड असिस्टेन्स) को व्यवस्था समेत गरेको छ ।

    पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकका लागि सजिलो ‘अन-द-स्पट’ एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ। यस्तै, गाडी खरिदलाई आर्थिक रूपमा अझ सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा निकै सहुलियतपूर्ण ब्याजदरमा सजिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको छ ।

    ‘ड्राइभ अ ब्राइटर टुमरो’ (Drive a Brighter Tomorrow) भन्ने नाराका साथ ल्याइएको यो अफर इन्द्रजात्राका दिन (आज) बाट सुरु भई आगामी छठ पूजा अर्थात् नोभेम्बर १६ सम्म देशभरका सबै होण्डा शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

    यो अफर होण्डाका चर्चित मोडलहरू सीआर–भी (Honda CR-V), एलिभेट (Elevate), सिटी (City) र सिटी ईःएचईभी (City e:HEV) कारहरूमा सर्तसहित लागू कम्पनीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend