२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम : देशमा पश्चिमी वायुको प्रभाव, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना


सञ्चार डबली
  • शनिबार, मंसिर ९ २०८०
  • 9.3K
    SHARES

  • images
    आजको मौसम : देशमा पश्चिमी वायुको प्रभाव, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    ९ मंसिर २०८०, शनिबार  

    काठमाडौँ– हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहनेछ।यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति सुदूरपश्चिम प्रदेश लगायत देका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

    आज सूर्योदय बिहान ६ बजेर ३२ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।


     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend