२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

आईएसआईका प्रमुख अल कुरासी मारिएको दाबी


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 10.9K
    SHARES

  • images
    आईएसआईका प्रमुख अल कुरासी मारिएको दाबी


    स्तानबुल, १८ वैशाख । टर्कीले आफ्नो कारबाहीमा आतंकवादी संगठन आईएसआईएसका प्रमुख अबु हुसैन अल कुरासी मारिएको दाबी गरेको छ । टर्कीका राष्ट्रपति रिजिप ताइप एर्दोआनले सिरियाका आईएसआर्ईएस प्रमुख कुरासी आफ्ना सेनाको कारबाहीमा मारिएको दाबी गरेका हुन् ।

    उनले आफ्नो देशको आतंकवादविरुद्धको अभियानमा अल कुरासी मारिएको दाबी गरेका छन् । अल कुरासीलाई टर्कीको राष्ट्रिय खुफिया एजेन्सीले लामो समयदेखि खोजिरहेको र सोही क्रममा भएको कारबाहीमा उनी मारिएको राष्ट्रपति एर्दोआनले बताए ।

    एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा राष्ट्रपति एर्दोआनले अल कुरासी मारिएको बताएका हुन् । गत ३० नोभेम्बरमा तत्कालीन प्रमुख अबु हसन अल हाशिमी अल कुरासीको मृत्यु भएको घोषणा गर्दै आईएसआईएसले उनको स्थानमा अबु हुसैन अल कुरासीलाई नियुक्त गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend