२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको तरकारी तथा फलफूलको मूल्यसूची


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १० २०८०
  • 8.9K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्यसूची

    शुक्रबार, १० कार्तिक २०८०,
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । ठुलो भारतीय गोलभेडा ४४ रुपैयाँ, लोकल सानो गोलभेडा ३८ रुपैयाँ ४० पैसा, टनेल गोलभेडा ४९ रुपैयाँ ६० पैसा, भारतीय सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, रातो आलु ७१ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु ३८ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ६७ पैसा, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, सुकेको प्याज ९भारतीय० १०२ रुपैयाँ ५० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, तराई गाजर, पिंडालू र चुकुन्दर ६५ रुपैयाँ तोकिएको छ । 

    यसैगरी, लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, रातो मूला र परवर ५५ रुपैयाँ, सेतो लोकल मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, तोरीको साग, भिण्डी र चिचिण्डो प्रतिकेजी ४५ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ, मकै बोडी र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ । 

    त्यस्तै, मटरकोशा २५० रुपैयाँ, सिमी २६ रुपैयाँ ६७ पैसा, राजमा सिमी १४० रुपैयाँ, भटमासकोशा ८६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, घिरौल ५६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३५ रुपैयाँ, स्कूस १५ रुपैयाँ ८० पैसा, सौफ, पालूगो र मेथीको साग १९० रुपैयाँ, चमसूरको साग १७५ रुपैयाँ, हरियो प्याज १४० रुपैयाँ, बकूला १४० रुपैयाँ, कन्य च्याउ ५६ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो ६२५ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कालो अंडुर ४१० रुपैयाँ, अनार ४२५ रुपैयाँ र जुनार ३३५ रुपैयाँ पर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend