२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनाले आज


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 10.2K
    SHARES

  • images
    रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनाले आज


    काठमाडौं, २८ असोज । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनाले आज हुने भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने आयोजकले जनाएको छ ।

    ’एनआरएन द सिंगर’ को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत् आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो ।

    त्यसमध्ये आयोजक र निर्णायकले उत्कृष्ट ४० जनाको छनोट गरेका थिए । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायकहरु शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाहीको समूहले २० जनालाई अर्को चरणमा प्रवेश गराएका थिए ।

    २० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिएपछि सहभागीहरु उत्कृष्ट १५ मा पुगेका थिए । उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा पाँच जनाले उपाधिको लागि प्रतिस्पर्धा गरेका छन् ।

    उपाधिका लागि कर्मा दोङ तामाङ, विष्णु क्षेत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमली गरी पाँचजना प्रतिस्पर्धी छन् । उपाधि विजेता अनलाइन भोटिङको आधारमा टुंगो लाग्ने आयोजक युनिटेकका सुरज राईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend