२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्नुभन्दा आत्मानिर्भर बनौं– मदनकुमारी शाह


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 10.3K
    SHARES

  • कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्नुभन्दा आत्मानिर्भर बनौं– मदनकुमारी शाह

     

    काठमाडौ, बैशाख १३ गते । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले कृषि अर्थतन्त्रलाई व्यवसायीकरण गर्नुभन्दा आत्मा निर्भर बन्नुपर्नेमा जोड दिएकी छन् ।

    आज बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले भनिन्, हामी भन्छौ निर्वाहमुखी नेपालको कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्ने तर म भन्छु व्यावसायीकरण गर्नभन्दा पहिला आत्मानिर्भर त बनौं । हामी खाद्यान्नमा आत्मा निर्भर बन्न सक्छौ भन्ने मलाइ लाग्छ ।

    गत वर्षको तुलनामा यस वर्ष आयात बढिरहेको र निर्यात घटिरहेको जानकारी गराउँदै उनले आयातलाई प्रतिस्थापन गर्न र निर्यात बढाउनुपर्ने बताइन् । यसका लागि साना उद्योगधन्दा कलकारखानाहरुलाइ संरक्षण गर्नुपर्ने र रोजगार सृजना गर्नुपर्ने बताउँदै उनले अन्यथा देशमा रोजगारी सृजना नहुने र जसले गर्दा युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने आवस्थाको अन्त्य नहुने बताइन् ।

     

     

  • सम्बन्धित विषय:

  • # मदनकुमारी शाह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend