२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 8.8K
    SHARES

  • संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह


    काठमाडौं, वैशाख १३ गते ।सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि बिहीबारसम्ममा सांसदहरुको नाम दिन दलहरुलाई आग्रह गरेका छन् । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बिहीबारसम्म दिन दलहरुलाई आग्रह गरेका हुन् ।

    समिति गठन गरिँदा संसदलाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर, बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन् ।

    ‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

    संसदमा उठेका विषयमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेको जानकारी दिएका उनले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend