२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको छ –शेखर कोइराला


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 9.0K
    SHARES

  • उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको छ –शेखर कोइराला

     

    काठमाडौ, बैशाख १३ गते । हालै भएको प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई सच्चिन सन्देश दिएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धारणा व्यक्त गरेका छन् ।

    विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताएका छन् ।

    नेता कोइरालाले विगतको र अहिलेको उपनिर्वाचनको समीक्षा हुनुपर्ने बताउँदै नेपाली कांग्रेसले युवाको भावनाअनुसार काम नगरे ठूलो मुल्य चुकाउने पर्ने विचार व्यक्त गरेका छन् ।

    जनताले दिएको म्याण्डेट स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेकाले यसलाई सुधार गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend