२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ –ईश्वर पोखरेल


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 7.8K
    SHARES

  • राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ –ईश्वर पोखरेल

     

    राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । आज मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

    उपाध्यक्ष पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरूबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    उपाध्यक्ष पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् । वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उनको भनाई छ ।

    उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको उल्लेख गरेका छन् । उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको दाबी गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend