२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मिसेस नेपाल वर्ल्ड –२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक 


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 11.5K
    SHARES

  • images
    मिसेस नेपाल वर्ल्ड –२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक 


    काठमाडौ, १५ असोज । विवाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड –२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्वारा राजधानीको नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा आयोजित एक समारोहका बिच मिसेस नेपाल वल्र्ड–२०२३ टप २३ सार्वजनिक गरिएको हो । 

    समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बरसमेत प्रदान गरिएको छ । प्रतियोगिताको अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी हुनुहुन्छ । उक्त प्रतियोगितामा अश्विनीकान्त झाले कोरियोग्राफी गर्नुहुने छ ।

    अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस नेपाल वल्र्ड–२०२३ का अन्य सबटाइटल विजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताउनुभयो । मिसेस नेपाल वल्र्ड–२०२३ का विजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वर्ल्ड –२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नुहुने छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend