२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल दूरसञ्चार प्राधिकरण २५औँ वर्षमा प्रवेश


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 14.7K
    SHARES

  • नेपाल दूरसञ्चार प्राधिकरण २५औँ वर्षमा प्रवेश

    काठमाण्डौं - नेपाल दूरसञ्चार प्राधिकरण २५ वर्षमा प्रवेश गरेको छ । २० फागुन ०५४ मा स्थापना भएको प्राधिकरणले शनिबार आफ्नो रजत जयन्ती मनाउँदै छ । सरकारले नेपालको दूरसञ्चार क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गरी दूरसञ्चार सेवाको विकास एवं विस्तार गर्दै सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने मुख्य उद्देश्यका साथ दूरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४ ल्याएको थियो ।

    सोही ऐन र नियमावलीले व्यवस्था गरेअनुसार समग्र दूरसञ्चार क्षेत्रको नियामक निकायका रूपमा २५ वर्षअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना भएको अध्यक्ष पुरुषोत्तम खनालले बताए । ‘हामी दूरसञ्चार प्राधिकरणको रजत जयन्ती मनाउँदै छौँ,’ उनले भने, ‘यसलाई प्राधिकरणको रजत जयन्ती मात्रै होइन, समग्र दूरसञ्चार विकासको प्रस्थान बिन्दुको जयन्तीका रूपमा मनाउन सकिन्छ ।’ 

    ‘नेपाल दूरसञ्चार ऐन, २०५३’ र नियमावली २०५४ लाई नै नेपालको दूरसञ्चार क्षेत्रको विकासको सुरुवात बिन्दु भएको खनाल बताउँछन् । ‘सोही ऐनले निजी क्षेत्रको लगानी तथा सीपलाई खुला गर्‍यो, प्रतिस्पर्धा बढायो,’ उनले भने, ‘अनि क्रमशः दूरसञ्चार विकास हुँदै गयो । दूरसञ्चारले आफूलाई मात्रै विकास गराएको छैन, अर्थतन्त्रका सबै क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान गर्दै आएको छ ।’

    प्राधिकरणको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार हाल नेपालमा पाँचवटा भ्वाइस सेवाप्रदायक, २२ वटा नेटवर्क सेवाप्रदायक, एक सय ३७ वटा इन्टरनेट सेवाप्रदायक, दुईवटा जिएमपिसिएस र एउटा इन्टरनेसनल ट्रंक टेलिफोन सेवाप्रदायकले अनुमति प्राप्त गरी सञ्चालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend