२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

काठमाडौँको भृकृटीमण्डपमा आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो हुँदै


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 11.5K
    SHARES

  • काठमाडौँको भृकृटीमण्डपमा आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो हुँदै

    काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो हुने भएको छ । यही फागुन  ११, १२, १३ र १४  गते काठमाडौँको भृकृटीमण्डपमा एक्स्पो हुने भएको हो । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एंड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एंड कन्सट्रकसन अन्तराष्ट्रिय एक्स्पो पनि हुने भएको छ ।

    यस एक्सोलाई मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढि स्टल रहने आयोजके बताएको छ । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ७ वर्षदेखि हुँदै आएको छ ।

    आयोजकको अनुसार यस अन्तराष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको सहभागिता रहने छ ।

    यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन् । त्यस्तै यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पुर्याउने विश्वास आयोजकले राखेका छन् ।

    यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ । प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएका बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend