२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

नवनियुक्त इयु राजदूत चार्ल्स ह्वाइटली र परराष्ट्रमन्त्री खनालबिच शिष्टाचार भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, कात्तिक १७ २०८३
  • 605
    SHARES

  • नवनियुक्त इयु राजदूत चार्ल्स ह्वाइटली र परराष्ट्रमन्त्री खनालबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं। नेपालका लागि युरोपेली संघ (इयु) को प्रतिनिधिमण्डलका नवनियुक्त राजदूत महामहिम चार्ल्स ह्वाइटलीले आज मन्त्रालयमा  परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

    भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत ह्वाइटलीलाई नियुक्ति भएकोमा बधाई ज्ञापन गर्दै उनको नेपाल बसाइ सुखद र कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरे।

    सो अवसरमा उनीहरूबिच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै आगामी दिनमा नेपाल र इयुबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने र सहयोगलाई थप प्रगाढ बनाउँदै लैजाने उपायहरूका बारेमा छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend