२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


सञ्चार डबली
  • मंगलबार, कात्तिक १७ २०८३
  • 968
    SHARES

  • माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो ।

    सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्को निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

    अख्तियारका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद् बैठकले नै हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न अनुमति दिएको थियो ।

    त्यसबेला मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न दिएर बिक्रीको वातावरण बनाइदिएको अख्तियारको आरोप छ 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend