२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार


सञ्चार डबली
  • मंगलबार, कात्तिक १७ २०८३
  • 594
    SHARES

  • नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६ दशमलव ६२ अंकले बढ्दै २६ सय ६४ को विन्दुमा पुगेर बन्द भएको हो ।

    आज कुल ३ सय ४९ कम्पनीका १ करोड ५४ लाख २० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँ नाघेको छ । आज कारोबारमा आएकामध्ये १ सय ४३ कम्पनीको सेयरमुल्य उकालो लाग्दा १ सय २२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

    यस्तै आज कारोबारमा आएकामध्ये ४ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ९ समुहको परिसुचकमा वृद्धि देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend