२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

जनकपुर बोल्ट्सले विराटनगरविरुद्ध टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्दै


सञ्चार डबली
  • मंगलबार, कात्तिक १७ २०८३
  • 187
    SHARES

  • जनकपुर बोल्ट्सले विराटनगरविरुद्ध टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा जनकपुरका कप्तान हरमित सिंहले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

    जनकपुर आजको खेलमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाण्डू गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो ।

    जनकपुर तीन खेलबाट चार अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

    यता, विराटनगर किंग्स पनि जितको खोजीमा छ । यसअघि चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको विराटनगरले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो जित निकालेको थियो ।

    विराटनगर तीन खेलबाट दुई अंकसहित अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । आजको खेल जित्दै विराटनगर दोस्रो जित निकाल्ने योजनामा छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend