२०८३, कात्तिक ११ गते

images
Logo

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

images
  • बुधबार, कात्तिक ११ २०८३

नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य


सञ्चार डबली
  • बुधबार, कात्तिक ११ २०८३
  • 176
    SHARES

  • नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

    काठमाडौं । बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले नवजात शिशु तथा साना बालबालिकाको हेरचाहमा सहयोग पुर्‍याउन सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ।

    उपभोग्य वस्तु उत्पादन गर्ने भारतीय कम्पनी मारिकोको बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालमा जन्मिएका नवजात शिशु र साना बालबालिकाको हेरचाहका लागि सहयोग गर्नेछ।

    पछिल्लो सहकार्यअन्तर्गत ब्रान्डले उपत्यकाका विभिन्न अस्पतालमा १५ हजार थान बेबी केयर उत्पादन वितरण गरेको छ। वितरण गरिएका सामग्रीमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेशिंग पाउडर, नरिशिंग क्रिम र नरिशिंग सोप प्रत्येकका ५ हजार थान रहेका छन्।

    शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई आवश्यक हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको छालाको उचित स्याहारबारे जनचेतना अभिवृद्धि गर्नु यस पहलको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

    एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेका अनुसार प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यले उपत्यकाका विभिन्न अस्पतालमार्फत बेबी केयर उत्पादन परिवारसम्म पुर्‍याउन सहयोग गरेको छ। उनले यस पहलको निरन्तरतासँगै परिवारमा नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे सचेतना बढ्दै गएको बताए।

    मारिकोले पनि प्यारासुट एडभान्स्ड बेबीमार्फत अभिभावकको यात्रामा सुरुवातदेखि नै विश्वासिलो साथी बन्न चाहेको जनाएको छ। एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिँदै परिवारलाई नवजात शिशुको स्वास्थ्य र स्याहारमा सहयोग पुर्‍याउने सुरक्षित तथा कोमल उत्पादन सहज रूपमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ।

    नवजात शिशुको संवेदनशील छालाका लागि सुरक्षित र कोमल रहेको भनी क्लिनिकल परीक्षणबाट प्रमाणित प्यारासुट एडभान्स्ड बेबीको उत्पादन शृङ्खलामा नरिशिंग क्रिम र लोशन, टियर-फ्री स्याम्पु, भिटामिन ई र एफयुक्त मसाज तेल, रिफ्रेशिंग पाउडर तथा नरिशिंग सोप रहेका छन्। यसका साथै कम्पनीले हालै आल्मोन्ड मिल्क र ओलिभ ओइलयुक्त जेन्टल वाइप्स पनि बजारमा उपलब्ध गराएको छ।

    कम्पनीका अनुसार आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा यो सहकार्यलाई निरन्तरता दिइनेछ। यसमार्फत नवजात शिशु तथा साना बालबालिकाको जीवनका सुरुवाती चरणमा परिवारलाई आवश्यक बेबी केयर उत्पादन उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्यारासुट एडभान्स्ड बेबीबारे

    प्यारासुट एडभान्स्ड बेबी मारिको लिमिटेडको बेबी केयर ब्रान्ड हो। शिशुका लागि कोमल तथा दैनिक हेरचाहका सामग्री उपलब्ध गराउन प्रतिबद्ध यस ब्रान्डले नवजात शिशुको आवश्यक स्याहारमा केन्द्रित उत्पादनमार्फत अभिभावकलाई सहयोग गर्दै ‘Your Baby’s Growth Partner’ बन्ने लक्ष्य राखेको छ।

    मारिकोबारे

    मारिको लिमिटेड अग्रणी भारतीय उपभोग्य वस्तु उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले विश्वव्यापी रूपमा सौन्दर्य तथा सु-स्वास्थ्यसम्बन्धी उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ। यसले कपाल तथा छालाको हेरचाह, खाने तेल, रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने तथा स्वस्थ खाद्य पदार्थ, पुरुषको व्यक्तिगत स्याहार र कपडाको हेरचाहलगायतका क्षेत्रमा विभिन्न ब्रान्डमार्फत उत्पादन उपलब्ध गराउँदै आएको छ।

    मारिकोका ब्रान्डहरूमा लिभन, प्यारासुट न्याचुराले, प्यारासुट एडभान्स्ड, निहार नेचुरल्स, हेयर एण्ड केयर, सेट वेट, बियर्डो, सफोला र रिभाइभ रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend