२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

भोटेकोशी बाढी प्रभावितले युनाइटेड अजोडबाट पाए १ करोड ४९ लाख, इन्जिनियरिङ क्षेत्रमा दाबी रकम उच्च


सञ्चार डबली
  • बुधबार, कात्तिक ४ २०८३
  • 3.6K
    SHARES

  • images
    भोटेकोशी बाढी प्रभावितले युनाइटेड अजोडबाट पाए १ करोड ४९ लाख, इन्जिनियरिङ क्षेत्रमा दाबी रकम उच्च

    काठमाडौँ / युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको आकस्मिक बाढी प्रभावितका लागि प्राथमिकतााका साथ दावी भुक्तानी गरिरहेको छ । कम्पनीमा कुल ८३ करोड ९६ लाख ९० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । कम्पनीको मंगलबारसम्मको रिपोर्टअनुसार बाढीबाट भएको क्षतिका लागि कम्पनीमा कुल ११८ वटा बीमा दाबी परेका छन्।

    तथ्याङ्कअनुसार सबैभन्दा ठुलो अनुमानित दाबी रकम इन्जिनियरिङ क्षेत्रमा रहेको छ । यस क्षेत्रमा तीनवटा दाबी दर्ता भएका छन्, जसको अनुमानित रकम ५८ करोड ४५ लाख ५० हजार रुपैयाँ छ ।

    सवारी साधन बीमातर्फ ५१ वटा दाबी दर्ता भएका छन् । यस वर्गमा ११ करोड ५० लाख ३ हजार ७०० रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै, सम्पत्ति बीमातर्फ ११ वटा दाबीको अनुमानित रकम ८ करोड २४ लाख ६ हजार २३५ रुपैयाँ ४८ पैसा रहेको छ ।

    मरीन अर्थात जलयान बीमातर्फ चारवटा दाबी दर्ता भएका छन् । यस वर्गमा ३ करोड ६५ लाख २९ हजार ४७७ रुपैयाँ ७७ पैसा बराबरको दाबी परेको छ । स्वास्थ्य बीमातर्फ ४९ वटा दाबी दर्ता भएका छन्, जसको अनुमानित रकम २ करोड १२ लाख रुपैयाँ रहेको छ ।

    सातवटा दाबीको भुक्तानी

    कम्पनीले हालसम्म सातवटा दाबीको भुक्तानी गरेको छ । भुक्तानी भएका दाबीबापत कुल १ करोड ४९ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

    सवारी साधन बीमातर्फ ६ वटा दाबीको भुक्तानी गरिएको छ । यसबापत कम्पनीले १ करोड १६ लाख ४७ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, सम्पत्ति बीमातर्फ एउटा दाबीको ३३ लाख १४ हजार रुपैयाँ भुक्तानी भएको छ ।

    कम्पनीको विवरणअनुसार कुल ७४ वटा दाबी फछ्र्यौट हुन बाँकी छन् । तीमध्ये सवारी साधन बीमाका ४०, स्वास्थ्य बीमाका १७, सम्पत्ति बीमाका १०, मरीनका चार र इन्जिनियरिङका तीनवटा दाबी रहेका छन् ।

    बाढीबाट प्रभावित व्यक्ति, व्यवसाय तथा सम्पत्तिमा पुगेको क्षतिका कारण कम्पनीमा ठुलो रकमको बीमा दायित्व सिर्जना भएको छ । कम्पनीका अनुसार प्राप्त बीमा दाबीको अध्ययन, क्षतिको मूल्याङ् कन तथा आवश्यक प्रक्रिया पूरा गरी भुक्तानीलाई सरल र सहज बनाउने काम भइरहेको छ।

    विपद्बाट आर्थिक क्षति बेहोरेका बीमितलाई समयमै बीमा रकम उपलब्ध गराउँदा पुनःस्थापना तथा व्यवसायलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने भएकाले दाबी भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ । 
    क्षेत्रगत दाबी तथा भुक्तानीको विवरणः

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend