२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

हिमालयन लाइफको कार्यवाहक सीईओमा कबि फुयाँल नियुक्त


सञ्चार डबली
  • सोमबार, असोज २६ २०८३
  • 1.6K
    SHARES

  • images
    हिमालयन लाइफको कार्यवाहक सीईओमा कबि फुयाँल नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबि फुयाँल नियुक्त भएका छन् ।

    कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी उनलाई वरिष्ठ नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको छ । सोही दिनदेखि उनलाई कार्यवाहक सीईओको जिम्मेवारीसमेत दिइएको हो ।

    फुयाँल यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत थिए । उनले गत साता सन नेपाल लाइफबाट राजीनामा दिएका थिए । सन नेपाल लाइफमा जानुअघि उनी आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।

    हाल हिमालयन लाइफको सीईओमा कपिलकुमार दाहाल छन् । तर, नेपाल बीमा प्राधिकरणले उनलाई निलम्बन गरेपछि उनी जिम्मेवारीबाट बाहिर छन् ।

    प्राधिकरणको निलम्बनविरुद्ध दाहाल अदालत पुगेका छन् । तर, उनको मुद्दाको सुनुवाइका लागि तोकिएको पेसी पटक–पटक सर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend