२०८३, असोज १० गते

images
Logo

Sep 26 2026 | २०८३, असोज १० गते

images
  • शनिबार, असोज १० २०८३
images

एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिङ्कको साझेदारी, मैदानबाहिर ७ टोलीका लागि ७ गेट


सञ्चार डबली
  • शनिबार, असोज १० २०८३
  • 792
    SHARES

  • images
    एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिङ्कको साझेदारी, मैदानबाहिर ७ टोलीका लागि ७ गेट

    काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष अभियान सुरु गरेको छ। एनपीएल सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले प्रतियोगिता सुरु हुनुअघि नै व्यापक प्रचार अभियान अघि बढाएको हो।

    एनपीएलका खेल आयोजना हुने टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर रहेका ७ वटा प्रवेशद्वारलाई एक्सट्रीमले आफूले प्रायोजन गरेका ७ टोलीसँग समर्पित गर्दै विशेष गेट अभियान सञ्चालन गरेको छ। प्रत्येक गेटलाई सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङसँग जोडेर तयार गरिएको छ।

    प्रतियोगिता सुरु हुनुअघि नै यस किसिमको अभियान सञ्चालन गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीको दाबी छ।

    यस अभियानमार्फत क्रिकेटप्रेमी तथा समर्थकले मैदान प्रवेश गर्नुअघि नै एनपीएलका ७ टोलीको उपस्थिति र उत्साह अनुभव गर्न सक्नेछन्। आफ्ना मनपर्ने टोलीका समर्थकलाई टोलीसँग जोड्ने र एनपीएलको वातावरणलाई थप उत्सवमय बनाउने उद्देश्यले गेटहरू तयार गरिएको एक्सट्रीमले जनाएको छ।

    एक्सट्रीम इनर्जी ड्रिङ्कले एनपीएलको तेस्रो संस्करणमा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ। जसमा काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स रहेका छन्।

    नेपाली क्रिकेटप्रतिको बढ्दो जनचासो र समर्थकको उत्साहलाई ध्यानमा राख्दै एक्सट्रीमले विभिन्न क्षेत्रमा पोल ब्यानर, गेट ब्रान्डिङ, होर्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत विशेष प्रचार अभियान सञ्चालन गरिरहेको छ।

    एनपीएल सुरु हुनुअघि नै प्रतियोगिताको चर्चा र उत्साहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले यी गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

    एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा सहभागी टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

    एक्सट्रीम इनर्जी ड्रिङ्कले एनपीएलको माहोललाई थप व्यापक बनाउन नेपाली खेलकुदसँग ब्रान्डलाई जोड्ने विभिन्न सिर्जनात्मक तथा प्रवद्र्धनात्मक गतिविधिलाई पनि निरन्तरता दिने जनाएको छ।

    नेपाली खेलकुदसँगको यस्तो सहकार्यले खेलाडी, समर्थक र ब्रान्डबीचको सम्बन्धलाई थप विस्तार गर्ने तथा व्यवसायलाई खेलकुदमार्फत उपभोक्तासँग सिर्जनात्मक रूपमा जोडिने अवसर प्रदान गर्ने एक्सट्रीमको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend