आज वि.सं. २०८३ असोज ९ गते तदनुसार २५ सेप्टेम्बर २०२६ शुक्रवार, भाद्र शुक्लपक्ष चतुर्दशी तिथि, शतभिषा नक्षत्र, बिहान ११ बजेर ३४ मिनेटपछि पूर्वभाद्रपदा, चन्द्रराशि कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम सम्बन्धमा सुधार, परिवारको सहयोग र मनोकामना पूरा हुने योग छ। दिगो कामबाट आम्दानी बढ्नेछ र खाद्यान्न तथा औषधीजन्य व्यापारमा लाभ मिल्नेछ। यात्रा गर्दा मौसम र बाहिरी वातावरणको ध्यान दिनुहोला। धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रभाव बढ्नेछ। युवालाई उच्च शिक्षाका अवसर मिल्नेछन्। मेहनत, व्यापार, साझेदारी र सञ्चित धनको उपयोगबाट लाभ प्राप्त हुनेछ। अपेक्षित काम पूरा हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पैतृक काम तथा सम्पत्तिबाट लाभ मिल्नेछ। नयाँ काम र नोकरीमा उच्च पदको सम्भावना छ। पढाइमा राम्रो नतिजा आउनेछ र प्रेम सम्बन्ध नजिकिनेछ। कामको मेसो नमिल्दा केही पछाडि परिए पनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। गरिएको कामले नाम र दाम दिलाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। पेसा, व्यवसाय र कर्मयोगबाट मानसम्मानसमेत पाइनेछ। दिगो काममा जग बस्ने अवसर मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
खोज तथा अनुसन्धानमा उपलब्धि हासिल हुनेछ। स्वास्थ्य सबल रहनेछ र आम्दानी बढाउने अवसर मिल्नेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वास बढ्नेछ। सेवामुखी व्यवसाय फस्टाउनेछ भने खाद्यान्न तथा औषधीजन्य व्यापारबाट नाफा मिल्नेछ। यात्रा स्थगित गर्नु हितकर हुनेछ। कार्यक्षेत्रमा सहयोग र सामाजिक काममा रुचि बढ्नेछ। मिहिनेतले अवसर, सफलता, दाम, नाम र प्रतिष्ठा दिलाउनेछ। धार्मिक सेवामूलक कामबाट प्रतिष्ठा बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। व्यस्तता बढे पनि न्यून पारिश्रमिकले निराश बनाउन सक्छ। खानपान र बाहिरी वातावरणमा ध्यान दिनु आवश्यक छ। पढाइ तथा व्यापारमा समय दिन नसक्दा पछि परिने र घाटा लाग्ने सम्भावना छ। यात्रा स्थगित गर्नु हितकर हुनेछ। सकारात्मक सोचले सफलता दिलाउन सक्छ। स्वास्थ्य कमजोर रहनाले उपलब्धिमा ढिलाइ हुनसक्छ। गोपनीयता जोगाउनु आवश्यक हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक तथा विलासी सामान प्रयोग गर्ने अवसर मिल्नेछ। पढाइ, लेखाइ तथा खोजीमूलक कामबाट नाम कमाउन सकिनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ र जीवनसाथीको सहयोग पाइनेछ। औषधीजन्य तथा खाद्यान्नमा लगानीबाट नाफा मिल्नेछ। मौसम हेरेर यात्रा गर्नुहोला । शैक्षिक सफलता, सामाजिक प्रतिष्ठा र स्वास्थ्यमा सुधार हुनेछ। आम्दानी बढाउने काम सुरु हुनेछ भने व्यवसायमा साथीभाइको सहयोग मिल्नेछ
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ऋण, रोग तथा शत्रुबाट राहत मिल्नेछ। साथीभाइ र इष्टमित्रको सहयोगले व्यवसायमा लगानी बढाउन सकिनेछ। न्यायिक निर्णय पक्षमा आउने तथा पढाइमा राम्रो नतिजा प्राप्त हुने योग छ। मामा तथा मावली पक्षबाट सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोत भेटिनेछन्। स्वास्थ्य कमजोर बन्न सक्छ। गोपनीयता जोगाउनुहोला। शत्रु तथा प्रतिस्पर्धीको चलखेल बढ्न सक्ने भएकाले सजग रहनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खाद्यान्न तथा औषधीजन्य व्यवसायबाट राम्रो धन आर्जन हुनेछ। काममा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल रहनेछ। बौद्धिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ र अध्ययनमा राम्रो नतिजा आउनेछ। यात्रा तथा सवारी साधनमा सावधानी अपनाउनुहोला। कानुनी मुद्दाले निर्णायक मोड लिनेछ। लगनशीलताले लाभका स्रोत पहिल्याउन र दिगो काम सुरु गर्न सहयोग गर्नेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त टाढिन सक्छन् भने दाम्पत्य सम्बन्धमा सामान्य मनमुटाब हुनसक्छ। पढाइमा समय दिन नसक्दा पछि परिनेछ। राजनीति तथा समाजसेवामा आलोचनात्मक समर्थन पाइनेछ। व्यापारमा लाभका लागि धेरै समय खर्चनुपर्नेछ। यात्रा केही दिन स्थगित गर्नुहोला। प्रियजनको साथले उत्साह मिल्नेछ। मेहनतले प्रतिपक्षीलाई सहयोगी बनाउन सक्छ। काममा बाधा, कमजोरीमाथि टिप्पणी र अरुले फाइदा उठाउने सम्भावना भएकाले सजग रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा लगानीबाट नाफा मिल्नेछ। भौतिक स्रोतसाधन जुट्दा काम सहज हुनेछ। आँटिला कामबाट नाम र दाम कमाउन सकिनेछ। सामाजिक कामबाट जनताको समर्थन पाइनेछ। लेखेरै पनि नाम र दाम कमाउन सकिनेछ। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ र श्रमको उचित मूल्याङ्कन हुनेछ। उद्योग, व्यापार तथा कृषिबाट लाभ मिल्नेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक माहौलमा समय बित्नेछ र आफन्तको सहयोगले काम अघि बढ्नेछ। घरायसी व्यापारमा लगानीबाट राम्रो आम्दानी हुनसक्छ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। नदी तथा तटीय क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउनुहोला। कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी रोग र खानपानमा ध्यान दिनु आवश्यक छ। नयाँ आयस्रोत बन्नेछन्। अध्ययन, लेखन तथा बौद्धिक अभिव्यक्तिमा प्रगति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक माहौल रमाइलो रहनेछ। महँगा तथा विलासी वस्तु प्रयोग गर्ने अवसर मिल्नेछ। राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन प्राप्त हुनेछ। प्रतिष्ठित कामबाट इज्जत कमाउन सकिनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। अनलाइन व्यापार, प्राविधिक सामान तथा नयाँ प्रविधिबाट आम्दानी बढाउन सकिनेछ। नोकरी तथा पेसामा जस पाइनेछ। राजनीतिक प्रभाव बढ्नेछ र नयाँ कामका प्रस्ताव आउन सक्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लगानी गर्दा सावधानी अपनाउनुहोला, प्रतिफलका लागि समय लाग्नेछ। पढाइमा बढी मेहनत आवश्यक छ। व्यापारमा लगानी गर्न केही समय पर्खनु उचित हुनेछ। देशभित्रको यात्रा मध्यम रहे पनि विदेशमा पेसा व्यवसाय गर्नेहरूका लागि समय फलदायी हुनेछ। लामो दूरीको विदेश यात्राको सम्भावना छ। नयाँ कुरा सिक्नुभन्दा सिकेको ज्ञान प्रयोग गर्ने अवसर मिल्नेछ। आर्थिक प्रलोभन र अनावश्यक खर्चबाट सजग रहनुहोला।


