२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 1.5K
    SHARES

  • images
    दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

    प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १९५५ तथा विपद्का समयमा सहयोग आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा समेत सम्पर्क गर्न सकिने जनाएको छ ।

    विपद्का समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा समेत जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८७२७७७७ र सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८७२४६६६ उपलब्ध गराएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुलाको लागि ९८५१२९४९११ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका लागि ९८६०३४११७६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend