२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा रु. १ करोड सहयोगको घोषणा


सञ्चार डबली
  • बिहीबार , भदौ ११ २०८३
  • 2.2K
    SHARES

  • images
    विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा रु. १ करोड सहयोगको घोषणा

    काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ करोड (एक करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ ।

    विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकहरूको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनस्र्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो । एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्पूर्ण बाढी–पहिरो प्रभावित नागरिकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ । विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

    साथै, विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूको योगदानप्रति एक्स्ट्रिम इनर्जी ड्रिंक्स उच्च सम्मान व्यक्त गर्दछ । कम्पनीले सामाजिक उत्तरदायित्वलाई आफ्नो महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको र राष्ट्रलाई आवश्यक परेको हरेक कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको जनाएको छ । आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend