२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मदन पुरस्कार–२०७९ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 9.0K
    SHARES

  • images
    मदन पुरस्कार–२०७९ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

     


    काठमाडौं, २४ साउन । मदन पुरस्कार–२०७९ का लागि पाँच श्रेष्ठ पुस्तकको सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सार्बजनिक सरोकारका लागि सूची सार्वजनिक गरेको हो।

    गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३ सय १३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछन्।

    उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको मदन पुरस्कार गुठीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend