२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न राप्रपा सांसद खुस्बु ओलीको माग


सञ्चार डबली
  • बिहीबार , साउन १४ २०८३
  • 2.7K
    SHARES

  • images
    सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न राप्रपा सांसद खुस्बु ओलीको माग

    काठमाडौँ । राप्रपा सांसद खुस्बु ओली सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट हुनुपर्ने माग गरेकी छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खुस्बु ओलीले सुनसरी घटनामा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न सरकारसँग माग गरेकी छन् । घटनापछि सरकारको भूमिका नदेखिएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेकी छन् ।

    सांसद ओलीले सुनसरी घटना किन भएको हो भन्ने कुरा सत्तारुढ दल र विपक्षी दलहरुले स्पष्ट भन्न नसकेको भन्दै घटना के भएको हो भन्न नसकी कसरी समस्याको समाधान हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

    उनले नेपालमा रोग्हिन्या, सोमालिया र पाकिस्तान मुलका मानिसहरुको आगमनले सुरक्षा चुनौती बढेको बताउदै सबै पक्ष जिम्मेवारी हुनुपर्ने बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend