२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु 


सञ्चार डबली
  • शुक्रबार, साउन १ २०८३
  • 2.0K
    SHARES

  • एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु 

    काठमाडौं: एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । 

    यो अफरमा ग्राहकले एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सर्प्राइज उपहार पाउन सक्छन् ।  

    कम्पनीका अनुसार एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको हो । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन । 

    यस अफरमार्फत ग्राहकले पार्टनर्ड सभिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदाहरू उपहारका रुपमा प्राप्त गर्न सक्छन् । प्रत्येक चौबिस घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सर्प्राइज उपहार पाइने भएकाले एप प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने कम्पनीको विश्वास छ । 

    ग्राहकहरूलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्टहरु तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुट रहेका कम्पनीको दाबी छ ।

    ‘हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ । ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा हो, जसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रो डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सर्प्राइज उपहारहरू जित्ने अवसर पनि प्रदान गर्छ,’ एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने । 

    एनसेलका अनुसार यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend