२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मोरङको कञ्चनबारीमा कजारिया रमेश टायल्सको नयाँ सोरुम


सञ्चार डबली
  • सोमबार, असार २९ २०८३
  • 1.8K
    SHARES

  • मोरङको कञ्चनबारीमा कजारिया रमेश टायल्सको नयाँ सोरुम

    काठमाडौं । टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

    ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक सोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा आयोजित रिबन काट्ने समारोहसँगै स्थानीय ग्राहकहरूलाई नयाँ स्पेस अवलोकनका लागि आमन्त्रण गरिएको थियो ।

    आकर्षक र ग्राहक–मैत्री ढाँचामा सजाइएको यस शोरूमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउनेछ । शोरूममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्नेछन् ।

    “अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको यो साझेदारी मोरङ र यस आसपासका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्‍याउने हाम्रो निरन्तर प्रयासको महत्त्वपूर्ण कदम हो । यस शोरूममार्फत ग्राहकहरूले आफ्नो परिकल्पना अनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि उत्कृष्ट र आधुनिक टायल्स सहजै प्राप्त गर्न सक्नुहुनेछ,” उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend