२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विवादपछि मेटाले बन्द गर्यो इन्स्टाग्रामको म्युज इमेज टुल


सञ्चार डबली
  • आइतबार, असार २८ २०८३
  • 4.9K
    SHARES

  • विवादपछि मेटाले बन्द गर्यो इन्स्टाग्रामको म्युज इमेज टुल

    काठमाडौँ । मेटाले इन्स्टाग्रामका लागि सार्वजनिक गरेको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) - म्यूज इमेज टूल विवादपछि बन्द गरेको छ ।

    यहि जुलाई ८ मा सार्वजनिक गरिएको उक्त सुविधाले कुनै पनि सार्वजनिक इन्स्टाग्राम खाताका तस्बिरका आधारमा नयाँ डिजिटल तस्बिर तयार गर्न सक्थ्यो । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले केवल सार्वजनिक इन्स्टाग्राम खाताको नाम लेखे पुग्थ्यो । त्यसपछि कृत्रिम बुद्धिमत्ताले उक्त खातामा रहेका तस्बिरका आधारमा नयाँ डिजिटल स्वरूप तयार गर्ने व्यवस्था गरिएको थियो ।

    सुविधा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसको व्यापक आलोचना सुरु भएको थियो । धेरै प्रयोगकर्ताले आफ्नो अनुमति बिना तस्बिरलाई कृत्रिम बुद्धिमत्तामा प्रयोग गर्नु गोपनीयताको अधिकार विपरीत भएको बताएका थिए।

    यस सुविधाको दुरुपयोग गरी कसैको नक्कली डिजिटल तस्बिर बनाउन सकिने, पहिचानको दुरुपयोग हुन सक्ने तथा डिजिटल ठगी र भ्रामक तस्बिरको जोखिम बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको थियो ।

    यो सुविधाको विरोध सर्वसाधारणले मात्र होइन, हलिउडका कलाकारहरूको प्रतिनिधित्व गर्ने प्रतिष्ठित प्रतिभा व्यवस्थापन संस्थाले पनि गरेको थियो । संस्थाले कुनै व्यक्तिको स्पष्ट सहमति बिना उसका तस्बिर कृत्रिम बुद्धिमत्ताका लागि प्रयोग गर्नु स्वीकार्य नहुने जनाएको थियो।

    विवाद बढेपछि मेटाले आधिकारिक ब्लगमार्फत उक्त सुविधा बन्द गरिएको जानकारी दिएको छ । कम्पनीले यो सुविधा सिर्जनात्मक अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको भए पनि सम्भावित दुरुपयोग र प्रयोगकर्ताबाट प्राप्त प्रतिक्रियालाई ध्यानमा राख्दै हटाउने निर्णय गरिएको जनाएको छ ।

    अब कुनै पनि प्रयोगकर्ताले सार्वजनिक इन्स्टाग्राम खाताको नाम प्रयोग गरेर कृत्रिम बुद्धिमत्तामार्फत तस्बिर बनाउन खोजे प्रणालीले त्यसलाई अस्वीकार गर्नेछ । यसअघि नै निजी खाता र १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका खाता भने यो सुविधाबाट बाहिर राखिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend