२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्से परिसूचकमा गिरावट, कारोबार २ अर्ब ६७ करोडमा सीमित


सञ्चार डबली
  • सोमबार, असार १५ २०८३
  • 1.6K
    SHARES

  • नेप्से परिसूचकमा गिरावट, कारोबार २ अर्ब ६७ करोडमा सीमित

    काठमाडौं । लगातार छैठौं कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६ सय ३२.९६ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ४० कम्पनीको घटेको छ ।

    सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शुक्रबार ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा स्नो रिभर्स लिमिटेड, याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यी तीनै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend