२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

महावीरले मन्त्रालयका लागि खोजे योग्य सचिव


सञ्चार डबली
  • शनिबार, असार १३ २०८३
  • 1.7K
    SHARES

  • महावीरले मन्त्रालयका लागि खोजे योग्य सचिव

    काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयका लागि नयाँ र योग्य सचिवको खोजी गरेका छन् ।

    हाल मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य आगामी असार १७ गते अनिवार्य अवकाशमा जाँदैछिन् ।
    महावीरले सामाजिक सञ्जालमार्फत् विज्ञान र प्रविधिको क्षेत्र बुझेको योग्य सचिव भए सुझाव दिन भनेका हुन् ।

    ‘ यस मन्त्रालयलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको छ । सोको लागि विभिन्न माध्यमबाट योग्य सचिवको खोजी हुँदैछ । यस कार्यमा सहयोगको अपेक्षा राख्दछु,’ उनले भनेका छन् ।

    वर्तमान सरकारले मन्त्रालयको संख्या कटौती गर्दै नयाँ मन्त्रालयको स्थापना समेत गरेको छ । महावीरकै चाहना अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको स्थापना गरेको हो ।


    मन्त्री पुनले सामाजिक सञ्जालमा भनेका छन् :

    विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर यही असार १७ गते बुधबारदेखि अवकाश लिँदै हुनुहुन्छ । त्यसैले यस मन्त्रालयलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको छ । सोको लागि विभिन्न माध्यमबाट योग्य सचिवको खोजी हुँदैछ । यस कार्यमा सहयोगको अपेक्षा राख्दछु ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend