२०८३, असोज १० गते

images
Logo

Sep 26 2026 | २०८३, असोज १० गते

images
  • शनिबार, असोज १० २०८३
images

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 187
    SHARES

  • images
    आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । बाढी तथा विपद्प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

    भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिय । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गर्नुका साथै १२० जनाको अल्ट्रासाउन्ड (USG) परीक्षण गरिएको थियो।

    शिविरमार्फत स्थानीय तथा प्रभावित समुदायका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो। थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत गरिएको थियो।

    आर्या फार्माल्याबले विपद्को कठिन समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पु¥याउने आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    यसअघि आर्या फार्माल्याबले विपद्प्रभावितका लागि रु ८२ लाख भन्दा वढी औषधिजन्य सामग्री सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेकोथियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend