२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विदेशी विद्यार्थीबाट बढ्यो नेपालको आम्दानी, मेडिकल शिक्षामा १० महिनामै ४ अर्ब ३६ करोड भित्रियो


सञ्चार डबली
  • आइतबार, असार ७ २०८३
  • 1.9K
    SHARES

  • विदेशी विद्यार्थीबाट बढ्यो नेपालको आम्दानी, मेडिकल शिक्षामा १० महिनामै ४ अर्ब ३६ करोड भित्रियो

    काठमाडौं- नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या बढ्दै जाँदा मुलुकको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको देखिएको छ। विशेषगरी भारतबाट मेडिकल शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको छ।

    सरकारले झण्डै एक दशकपछि अघिल्लो वर्ष मेडिकल कलेजहरूको विद्यार्थी कोटा वृद्धि गरेपछि शिक्षा क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।

    तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा शिक्षा क्षेत्रबाट ३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्षको पहिलो १० महिनामै भने यो रकम बढेर ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

    विदेशी विद्यार्थीबाट ठूलो आम्दानी भए पनि मेडिकल शिक्षाको भर्ना प्रक्रिया अझै जटिल रहेको सरोकारवालाहरूको गुनासो छ। हाल सरकारले निर्धारण गरेको कोटाअनुसार मात्रै विदेशी विद्यार्थीलाई विभिन्न मेडिकल कलेजमा भर्ना लिन अनुमति दिइन्छ।

    चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीले अनिवार्य रूपमा चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा प्रणालीअन्तर्गत आवेदन दिनुपर्छ। निर्धारित प्रक्रिया पूरा नगरेका विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउन सक्दैनन्।

    नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न इच्छुक विदेशी विद्यार्थीले कम्तीमा तीन चरणको प्रक्रिया पार गर्नुपर्ने व्यवस्था रहेको छ, जसलाई कलेजहरूले झन्झटिलो र समय खर्चिने बताउँदै आएका छन्।

    मेडिकल कलेजहरूले विदेशी विद्यार्थीको हकमा आयोगले तोकेको न्यूनतम योग्यता तथा मापदण्ड पूरा गरेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थाले प्रत्यक्ष रूपमा भर्ना गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूको तर्क छ कि यसले विदेशी विद्यार्थी आकर्षित गर्न सहयोग पुग्ने र शिक्षा क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानी अझ वृद्धि हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend