२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चितवनको रत्ननगरमा नयाँ शोरुमसँगै कजारिया रमेश टायल्सको उपस्थिति विस्तार


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 2.3K
    SHARES

  • images
    चितवनको रत्ननगरमा नयाँ शोरुमसँगै कजारिया रमेश टायल्सको उपस्थिति विस्तार

    चितवन- कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ। चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध गराउने जनाएको छ।

    आइतबारका आधिकारिक रूपमा उद्घाटन गरिएको यस शुभारम्भ समारोहमा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थिति रहेको थियो। उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई हार्दिक स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए।

    ग्राहक–मैत्री र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखला प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने जनाइएको छ। यसले ग्राहकहरूलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर र फिनिसिङ छनोट गर्न प्रत्यक्ष रूपमा सहयोग पु¥याउने उल्लेख छ।

    उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, “चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको हाम्रो साझेदारी प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। चितवन र आसपासका क्षेत्रका बासिन्दाहरूले कजारियाको भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरूमा सहज पहुँच पाउन सकून् र आफ्नो निर्माण तथा सजावटका योजनाहरूलाई सफलतापूर्वक साकार पार्न सकून् भन्ने हाम्रो लक्ष्य हो।”

    यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र यसले रत्ननगर–१० तथा वरपरका क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई शोरुममा आएर नयाँ कलेक्सनहरूको अवलोकन गर्न अनुरोध गरेको छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend