२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजको मौसम: सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


सञ्चार डबली
  • सोमबार, जेठ १८ २०८३
  • 2.8K
    SHARES

  • आजको मौसम: सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहने पूर्वानुमान छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एकदुई स्थानमा  हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपालनजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको  विभागले प्रस्ट पारेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend